शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुमारी बैंकका ३ नयाँ शाखाहरू विस्तार

बिहीबार, ०६ कात्तिक २०७७, १६ : ०५
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर आफ्ना तीन नयाँ शाखाहरू औपचारिक रुपमा संचालनमा ल्याएकोे छ ।

यी मध्ये सुदूरपश्चिम प्रदेशको बझाङस्थित थलारा, प्रदेश २ को सप्तरीस्थित राजबिराज तथा प्रदेश १ को इलामस्थित फिक्कल हुन् ।

नयाँ शाखा कार्यालय मार्फत बैंकले ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधाका दिने, उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप