शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रत्नलक्ष्मी माविको एक करोड बढी रकम अझै उठेन

बिहीबार, ०६ कात्तिक २०७७, १६ : ०३
बिहीबार, ०६ कात्तिक २०७७

गुल्मी । बाग्लुङको गल्कोट नगरपालिकामा रहेको रत्नलक्ष्मी माध्यमिक विद्यालयले गत मंसिर महिनामा सम्पन्न गरेको हिरक महोत्सवमा घोषित एक करोडभन्दा बढी सहयोग रकम अझै उठ्न सकेको छैन ।

उक्त विद्यालयले महोत्सवको हरहिसाब सार्वजनिक गर्दै सहयोग रकम उठ्न बाँकी रहेको जानकारी गराएको हो ।

महोत्सव आर्थिक समितिका कोषाध्यक्ष आशा रानाले महोत्सवमा २ करोड ५२ लाख १४ हजार २४१ रुपैयाँ सहयोगको कबोल भएकोमा १ करोड ४० लाख ५४ हजार ७ ५१ रुपैयाँमात्र उठेको छ भने १ करोड ११ लाख ५९ हजार ४९० रुपैयाँ अझै उठ्न बाँकी छ । महोत्सवमा ५४ लाख ८४ हजार ८ सय ३्र९ रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् ।

कबोल गरेर पनि दाताले उपलब्ध नगराएको रकम उठाउने तयारी गरिएको आर्थिक समिति संयोजक धनबहादुर श्रीसले बताए । उठेको रकमको विवरण विद्यालयको स्मारिकामा प्रकाशन गर्ने तयारी गरिरहेको विद्यालयका प्रधानाध्यापक तुलबहादुर श्रीसले बताए ।

गल्कोट नगरपालिकाका उपमेयर रेनुका काउचाले विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय गराउन हिरक महोत्सवमा रकम उठाइएको बताईन् ।

कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले हिरक महोत्सवको बेला गरिएको बाचा पुरा गर्न केही चुनौती रहेको भन्दै सबै क्षेत्रबाट जागरुक भएर लाग्नुपर्ने बताए ।

कार्यक्रममा हिरक महोत्सवमा सहयोग गर्ने ५ वटा आमा समूह तथा एक क्लवलाई ५÷५ हजार नगदसहित सम्मान गरिएको थियो । विद्यालयले गत मंसिर २५ गते देखि २९ गतेसम्म हिरक महोत्सव आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप