शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दसैंमा खल्तीले ल्यायो दुई जोडीको लागि माउन्ट एभरेष्टमा ब्रेकफास्ट अफर

बिहीबार, ०६ कात्तिक २०७७, १६ : ०१
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । नेपालको लोकप्रिय पेमेन्ट गेटवे खल्ती डिजिटल वालेटले दसैंको उपलक्ष्यमा खल्तीको माध्यमबाट हवाइ टिकट खरिद गर्ने  ग्राहकलाई हुने गरी ‘खल्तीको डिजिटल खुसियाली एभरेष्टमा ब्रेकफास्ट’ अफर ल्याएको छ।

एभरेष्टमा ब्रेकफास्ट अफरमा भाग लिन खल्तीबाट प्लेनको टिकट खरिद गर्दा एक सय रूपैयाँभन्दा बढी भुक्तानी गरे पुग्छ।  यसरी भुक्तानी गर्ने मध्ये एक–एक जना गरी दुई भाग्यशाली बिजेता छानिने छन्।  

दुइ भाग्यशाली बिजेताले आफु र आफ्नोको लागि सगरमाथामा गइ ब्रेकफास्ट गर्ने अवसर पाउने छन् । त्यस प्याकेजमा लुक्ला जान र आउन दुईतर्फी प्लेनको टिकट, ट्रेकबारे जानकारी, लुक्लाबाट नाम्चे बजारको ट्रेक, बस्ने व्यवस्था र ब्रेकफास्टको सुविधा उपलब्ध हुनेछ । 

यस अफरका लागि मङ्सिर ५ गते राति १२ बजेसम्म टिकट किन्नु पर्नेछ । साथै बिजेताको घोषणा ७ दिनपछि खल्तीको औपचारिक फेसबुक पेजमा लाइभमार्फत हुनेछ ।  

यो अफर नेपालमा बस्नेहरु जसको उमेर १८ वर्ष र त्योभन्दा माथि भएकाहरुका लागि मात्र मान्य हुनेछ। यसमा सहभागी हुन कुनै प्रकारको शुल्क लाग्ने छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप