केन्द्रीय संस्करण

नोबेलको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट

person explore access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0

बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैं बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ ।

कोरोनाको महामारी बढीरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैंको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए । ‘दसैंमा पनि पीसीआर परीक्षण रोकिँदैन । हामीले दसैं बिदामा पनि पीसीआर परीक्षण गरेर ५ घण्टामै रिपोर्ट दिने व्यवस्था मिलाएका छौं ।’

 दुई वटा अत्याधुनिक अमेरिकन पीसीआर मेसिन ल्याएर गत असोज ११ गतेबाट नोबेलले पीसीआर परीक्षण गर्दै आएको छ । नोबेलले अस्पतालमा आउँनेको मात्र नभई गाउँ–गाउँमा गएर पनि स्वाब संकलन गरी अतिरिक्त शुल्क बिना नै पीसीआर परीक्षण गर्ने व्यवस्था पनि मिलाएको छ ।    

यता, दसैं विदाका कारण शुक्रबारदेखि मंगलबारसम्म पाँच दिन ओपीडी सेवा बन्द हुँने भएपनि सो अवधिमा आकस्मिक अवस्थाका सबै बिरामीको उपचार ईमर्जेन्सीबाट गरिने नोबेल अस्पतालले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.