शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘शेरनी’को सुटिङमा फर्किन् विद्या

बिहीबार, ०६ कात्तिक २०७७, ११ : ००
बिहीबार, ०६ कात्तिक २०७७

मुम्बई । राष्ट्रिय पुरस्कार विजेता अभिनेत्री विद्या बालनले फिल्म शेरनीको सुटिङ सुरु गरेकी छन् । कोरोना महामारीका कारण गत मार्चमा रोकिएको फिल्मको सुटिङ अहिले फिल्मको सुटिङ मध्य प्रदेशमा सुरु गरिएको हो ।

आवश्यक सुरक्षा सावधानीका साथ फिल्मको सुटिङ सुरु भएको हो । अमित मसुरकर निर्देशक रहेको फिल्ममा विद्या बन अधिकारीको भूमिकामा देखिँदैछिन् । फिल्मको सुटिङ मध्य प्रदेशको घना जंगलमा थालिएको छ ।

बिद्या हालै फिल्म ‘शकुन्तला देवी’मा देखिएकी थिइन् । कोरोनाको कहरका कारण राज्यले गरेको लकडाउनले फिल्म  डिजिटल प्लेटफर्ममा मात्र रिलिज भएको थियो ।

दमदार अभिनयको बलमा फिल्म क्षेत्रमा फरक पहिचान बनाउन बिद्या पर्दामा हमेशा फरक–फरक भूमिकामा देखिने गर्दछिन् । उनको भूमिका दर्शकले रुचाएका पनि छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप