शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२७ वर्षपछि इन्द्रजीतको गीतमा राजेश हमाल

बिहीबार, ०६ कात्तिक २०७७, १० : ५७
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौँ । केही अगाडि आफै फिल्म निर्देशन गर्ने बताएका अभिनेता राजेश हमाल अहिले भटाभट म्युजिक भिडियो अभिनय गरिरहेका छन् ।

यस्तैमा राजेश अभिनित नयाँ म्युजिक भिडियो ‘जुनमा हेरु तिमीलाई’ सार्वजनिक भएको छ । गायक इन्द्रजीत मिजारको स्वर रहेको गीतमा गोपाल लोहारको शब्द तथा सुरेश अधिकारीको संगीत छ । गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन् ।

मिजारको गीतमा राजेशले २७ वर्षपछि फेरि अभिनय गरेका हुन् । यस अगाडि उनले मिजारको स्वर रहेको फिल्म ‘देउता’को ‘अब यो बाटो मेरो हो’ मा अभिनय गरेका थिए ।

भिडियोमा हमालको साथमा आज्ञा खतिवडा र दीलिप केसीलगायतको अभिनय रहेको छ ।

समी श्रेष्ठको कोरियोग्राफी, श्याम तामाङको छायांकन र  विकाश दाहालको सम्पादन रहेको भिडियोमा श्याम लामा र काजी लिम्बुको निर्देशन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप