शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार भन्छन्, ‘खोपले पूर्णरुपमा कोरोनाभाइरस' अन्त्य गर्दैन', बिस्तारै ‘फ्लू’ जस्तै बन्ने आशा

बिहीबार, ०६ कात्तिक २०७७, १० : ५१
बिहीबार, ०६ कात्तिक २०७७

कोभिड-१९ वर्षेनी आउने फ्लु भाइरसजस्तै सामान्य भएर जानसक्ने बेलायतका प्रमुख वैज्ञानिक सल्लाहकार प्याट्रिक भालेन्सले बताएका छन् । केही सम्भावित खोपहरु परीक्षणका क्रममा छन्, तर भालेन्सका अनुसार कुनै पनि खोपले भाइरसलाई उन्मुलन गर्नेजस्तो देखिँदैंन ।

सबैतिरबाट कोभिड उन्मुलन गर्ने भन्ने विषय सही होइन किनकी यो फर्किएर आउनेछ,’ उनले भने । अहिलेसम्म खोपमार्फत मानिसमा देखिने एउटैमात्र रोग उन्मुलन भएको उदाहरण उनले दिए, १९८० को दशकमा अति प्रभावकारी खोपको प्रयोगले स्मलपक्स उन्मुलन भएको थियो ।

‘हामी यकिन सहित भन्न सक्दैनौँं, तर मेरो बुझाइमा खोपकै भरमा यो अन्त्य हुनेजस्तो देखिन्न । बरु, यो रोग फैलिएर सामान्य भएर जानेछ,’ लण्डनमा सोमबार बसेको नेशनल स्ट्रयाटिजी कमिटीको बैठकमा उनले भने ।

खोपले संक्रमणको सम्भावना र गम्भीरतालाई कम गर्नेमा उनले आशा व्यक्त गर्दै बिस्तारै सामान्य फ्लू जस्तै बन्ने जिकिर गरे । ‘अहिले हामी त्यही दिशामा अघि बढिरहेका छौँ,’ उनले भने ।

बायोटेक कम्पनी तथा विश्वभरका प्राज्ञिक निकायहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनं निर्माणका लागि हातेमालो गरिरहेका छन् । यो रोग भने यतिबेलासम्म पनि महामारीकै रुपमा फैलिरहेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्याङकअनुसार सोमबारसम्म विश्वभर कुल संक्रमितको संख्या ४ करोड नाघेको छ । त्यस्तै भाइरसले विश्वभर ११ लाखभन्दा धेरैको ज्यान लिइसकेको छ । तर, हतारोमा भ्याक्सिन आउँदैनमा यसले निकास नदिने भालान्सको बुुझाई छ । उनका अनुसार छिटोमा निकाल्दा पनि विगतमा भ्याक्सिन निर्माणमा १० वर्ष लागेको थियो, अनि ५ वर्षभन्दा कम समयमा कहिल्यै भ्याक्सिन बनेको छैन ।  ‘हामी अहिले अनौठो अवस्थामा छौं, जहाँ विश्वभर ठूलो संख्यामा कम्तिमा आठवटा भ्याक्सिनले परीक्षण गरिरहेका छन् । हामीसँग भएको भ्याक्सिनले साँच्चै रक्षा गर्छ र कति समयसम्म सुरक्षा दिन्छ भन्ने विषय अब हामीलाई केही समयमै थाहा हुनेछ,’ उनले भने ।

उनका अनुसार धेरै भ्याक्सिनहरुले इम्युन रेस्पोन्स वा एन्टिबडी रेस्पोन्स सिर्जना गर्छन्, तर ती भ्याक्सिनले साँच्चै मानिसलाई संक्रमित हुनबाट जोगाउँछन् वा जोगाउँदैनन् भन्ने विषय तेस्रो चरणको परीक्षणबाट मात्रै थाहा हुन्छ । समुदायमा बिस्तारित प्रयोगका लागि कम्तिमा आगामी मार्चसम्ममा कुनै भ्याक्सिन आउनेछैन भन्ने भालेन्सलाई लाग्छ ।

स्रोत : सीएनबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप