अभिनेता महेश बाबुले दिए बाढीपीडितलाई एक करोड
मुम्बई । साउथ सुपरस्टार महेश बाबुले पाढी पिडितका लागि भारतीय एक करोड रुपैयाँ सहयोग गरेका छन् । बाढीका कारण तेलंगाना राज्यको जनजिवन प्रभावित भएपछि उनले सो सहयोग प्रदान गरेका हुन् ।
महेशले तेलंगानाको चिफ मिनिस्टर फन्डमा सहयोगको एक करोड जम्मा गराएका हुन् । जसको जानकारी उनले आफ्नो अफिसियल ट्वीटर एकाउन्ट मार्फत गराएका छन् । उनले सबैलाई बढी पीडितको सहयोग गर्न आग्रह समेत गरेका छन् ।
Contributing ₹1 crore towards the CM relief fund of Telangana. I urge all of you to come forward and donate towards the cause. Let's stand by our people during these difficult times.🙏🏻 @TelanganaCMO @KTRTRS
— Mahesh Babu (@urstrulyMahesh) October 20, 2020
यस अगाडि पनि महेशले कोरोना भाइरस महामारीका लागि चिफ मिनिस्टर फन्डमा एक करोड रुपैयाँको समेत दान दिएका थिए । महेश फिल्म ‘सरकरु वैरी पाटा’मा कीर्ति सुरेशका साथ देखिदै छन् । फिल्मका निर्देशक परशुराम रहेका छन् ।
त्यस्तै, बालाकृष्णा, नागार्जुना र जुनियर एनटिआरले पनि ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन् । गत हप्ता भएको भारी वर्षाका कारण तेलंगानामा ५० जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा