लण्डनमा शाहरुख र काजोलको मूर्ति राखिने
बिहीबार, ०६ कात्तिक २०७७, १० : २६
काठमाडौं । अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको मूर्ति लण्डनको लेस्टर स्क्वायरमा राखिने भएको छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिजको २५ वर्ष पूरा भएको अवसरमा उक्त मूर्ति राख्न लागिएको हो ।
२० अक्टोबर १९९५ मा रिलिज भएको फिल्मले २५ वर्ष पुरा गरेको छ । दर्शकले निकै मनपराएको फिल्म आज पनि धेरै हेरिने गरिन्छ । मूर्ति भने अर्को वर्ष अर्थात् २०२१ मा अनावरण हुनेछ । मूर्ति फिल्म भित्रको एक दृश्यको क्रियट गरिनेछ ।
आदित्य चोपडा निर्देशित फिल्ममा शाहरुखले राज र काजोलले सिमरनको भूमिका निर्वाह गरेका थिए । शाहरुख र कोजोलको अलवा फिल्ममा अनुपम खेर, अमरिश पुरी, फरिदा जलला, सतिस शाह, मन्दिरा बेदी, परमिट सेठी र अचला सचदेवको मुख्य भुमिका रहेको थियो ।
सो समयमा चलचित्रले १०२.५ करोड भारुको आम्दानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला