शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयल र ओलीबीच २ घण्टा गोप्य वार्ता

बिहीबार, ०६ कात्तिक २०७७, १० : ११
बिहीबार, ०६ कात्तिक २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग २ घण्टा भेटवार्ता गरेका छन् । बुधबार दिउँसो विशेष विमानमा काठमाडौं आएका प्रमुख गोयलले बुधबार राति नै प्रधानमन्त्री ओलीसँग दुई घण्टा भेटवार्ता गरेका हुन् । भेटवार्तामा के–के कुराकानी भयो भन्नेबारे भने खुलिसकेको छैन ।

नेपाल भारत सीमा विवादमा भारतले नपालसँग कुटनीतिक र राजनीतिक वार्ता गर्न आनाकानी गरिरहेका बेला गोयल अचानक नेपाल आएर प्रधानमन्त्री ओली लगायत उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेका हुन् । गोयलको गोप्य नेपाल भ्रमण र उनको भेटवार्तालाई लिएर कूटनीतिक र राजनीतिक वृत्तमा अर्थपुर्ण रुपमा हेरिएको छ ।

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनलाइसिस विङ ‘रअ’का प्रमुख गोयल र अर्का अधिकारी अरुण जैनसहित ७ जनाको टोली बुधबार काठमाडौं आएको हो । गोयल बिहीबार बिहान भारतीय एयरफोर्सको आइफ बी ६०४५ कलसाइनको चार्टर विमानबाट फर्केका छन् ।

यसैवीच गोयलले पूर्वप्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेको भन्ने समाचारमा कुनै सत्यता नभएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘अध्यक्ष प्रचण्डले गोयललाई भेटेको भन्ने समाचार पुर्णत असत्य हो । ’

यसबारे सचिवालयले केहीबेरमा प्रेस नोट जारी गर्ने सापकोटाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप