शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा १३२ जना संक्रमित थपिए

बिहीबार, ०६ कात्तिक २०७७, ०९ : ५३
बिहीबार, ०६ कात्तिक २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ५०१ पुगेको छ । बुधबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप १३२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशमा सक्रिय संक्रमितको संख्या १ हजार ५०१ पुगेको हो ।

सक्रिय संक्रमितमा अछाम ८३, बैतडी ४९, बझाङ्ग १५६, बाजुरा ६, डडेल्धुरा ६२, दार्चुला १८२, डोटी १५७, कैलाली ६७६, कञ्चनपुर १२४ र अन्य प्रदेशमा ६ जना  रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परीक्षणममा कैलालीका ४४, कंचनपुर का २, बैतडीका १ ,अछाम ३, बझाङ्ग १७,डडेल्धुरा १, दार्चुला ५२ डोटीका ११,र अन्य जिल्लामा १  जनामा संक्रमण पुस्टी भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले रातोपाटीलार्ई जानकारी दिए ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।  योसँगै प्रदेशमा निको हुने संक्रमित संख्या पनि ७ हजार ४५३ पुगेको छ । विभिन्न अस्पताल बाट थप ३२ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ७ हजार ४५३ पुगेको उनले बताए ।

त्यसैगरी विभिन्न अस्पतालहरुमा ९४ कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको सेतीप्रादेशिक अस्पताल धनगढीमा ४१, टिकापुर १४, महाकाली २४, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भइरहेको छ ।

प्रदेशका ९ वटै जिल्लामा २२४ आइृसोलेसन सेन्टरमा २ हजार २६१ बेडहरु छन ।  ३ सय १६ पुरुष र ८९  महिला र होम आइसोलेसनमा ८ सय ७० जना रहेको  स्वास्थय महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीको भनाइ छ ।

१ लाख १ हजार २०६ नमुना जाँच गर्दासम्म ८ हजार ९७३ जनामा संक्रमण फेला परेको छ भने ९२ हजार २३३ नमुना भने नेगेटिभ आएको  छ । अझै २ हजार ३४३ नमुनाको रिजल्ट आउन बाँकी रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप