ललितपुरमा बिहानै ‘हिट एन्ड रन’ : मोर्निङ वाकमा निस्केका एकको मृत्यु, एक घाइते
बिहीबार, ०६ कात्तिक २०७७, ०९ : १७
काठमाडौँ । ललितपुरमा मोर्निङ वाकमा निस्केका दुई जनालाई ठक्कर दिएर फरार पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बा १२ च ४२२८ नम्बरको पिकअपले बालकुमारी पुलमुनि दुई जनालाई ठक्कर दिएर फरार भएको थियो ।
ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईका अनुसार जीपलाई कालोपुलबाट नियन्त्रणमा लिइएको हो । यद्यपि, चालक भने फरार रहेका छन् ।
जीपको ठक्करबाट बाबुकाजी महर्जनको निधन भएको छ भने इमाडोलका ७० वर्षीय भाटलाल महर्जन घाइते छन् । उनको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।
फरार चालकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।