रेडपाण्डाको छालासहित चार पक्राउ
बिहीबार, ०६ कात्तिक २०७७, ०८ : ५५
दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नौमुले गाउँपालिका–२ दैलेखका २६ वर्षीय मनोज विक, सोही गाउँपालिका–३ का ४१ वर्षीय मनबहादुर सुनार र २९ वर्षीय पदमबहादुर सुनार तथा नारायण नगरपालिका–९ दैलेख निवासी ४० वर्षीय सविता थापा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
वीरेन्द्रनगर–६ स्थित गोदाम लाईनमा रहेको भावना पञ्चकोशी होटेलबाट बुधबार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रेडपाण्डाको छाला (ओखेटो पहार) एउटा चार फिट लम्बाई र अर्को तीन फिट छ ईन्च लम्बाई गरी दुई थान बरामद गरिएको प्रहरी निरीक्षक रायमाझीले बताए । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु