बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिराजको कीर्तिमानी बलिङ, बैंग्लुरु दोस्रो स्थानमा

बिहीबार, ०६ कात्तिक २०७७, ०८ : ४८
बिहीबार, ०६ कात्तिक २०७७

इन्डियन प्रिमियर लिग (आईपीएल) को ३९ औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले टस जितेर ब्याटिङ गर्दै सिजनको सबैभन्दा न्यून ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

जवाफमा बैंग्लुरुले १३.३ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पछ्यायो । बैंग्लुरुका लागि देवदत्त पडिक्कलले २५, एरोन फिन्चले १६, गुरकीरत सिंहले २१ तथा विराट कोहलीले १८ रनको योगदान दिए ।

यसअघि, कोलकाताले २० ओभरमा ८ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । यो सिजन कै सबैभन्दा कम स्कोर हो । आईपीएलको इतिहासमा भने बैंग्लुरुले सबैभन्दा न्यून स्कोर बनाएको छ । उसले सन् २०१७ मा कोलकाताविरुद्ध ४९ रन बनाएको थियो ।

कोलकातालाई सस्तोमा समेट्न बैंग्लुरुका तीव्र गतिका बलर मोहम्मद सिराजले घातक बलिङ गरेका थिए । म्यान अफ द म्याच चुनिएका उनले मात्र ८ रन खेर्चर तीन विकेट लिए । उनी एकै खेलमा २ वटा मेडन ओभर फाल्ने पहिलो बलर पनि बने । खेलमा चारवटा मेडेन ओभर फाएिको थियो । क्रिस मोरिस र वासिङटन सुन्दरले पनि मेडेन ओभर फालेका थिए ।

कोलकाताका ५ ब्याट्सम्यानले दोहोरो अंकमा रनसमेत बटुल्न सकेनन् । कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाए । युजवेन्द्र चाहलले २ विकेट लिए ।

जीतसँगै बैंग्लुरु अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप