शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षा भत्ता बाँड्न राखिएको रकम लुटपाट गर्न खोज्ने दुई युवा प्रहरी नियन्त्रणमा

बिहीबार, ०६ कात्तिक २०७७, ०८ : ३५
बिहीबार, ०६ कात्तिक २०७७

रामहरि श्रेष्ठ

वडा सचिवको घरमा लुटपाट गर्न छिरेका दुई युवालाई ओखलढुंगा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका १ कुईभिरका वडा सचिव छत्रबहादुर थापाको घरमा लुटपाट गर्न छिरेका सोही स्थानका २३ बर्षिय काजी भुजेल र १९ बर्षिय पेशल भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ति युवाहरुले सामाजिक सुरक्षा भत्ता वितरण गर्न राखिएको २७ लाख रुपौया लुटपाट गर्ने योजनाका साथ वडा सचिबको घरमा पुगेका थिए। मंगलबार बिहान घरभित्र राखिएको पैसा लुटपाट गर्न ढोका फोड्ने क्रममा वडा सचिबले थाहा पाएपछि प्रतिकार गरेका थिए ।

प्रतिकार गर्ने क्रममा युवाहरुले वडा सचिवलाई हातपात तथा दुव्यवहार गरेर फरार भएपछि प्रहरी कार्यलयमा जाहेरी परेको थियो । वडा कार्यलयले वडा सचिवमाथि हातपात तथा दुर्व्यहार गरेको भन्दै जिल्ला प्रहरी कार्यलयमा अभद्र ब्यवाहारसम्बन्धी जाहेरी दर्ता गराएपछि उनीहरुलाई पक्राउ गरिएको ओखलढुंगा प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए ।

उनीहरु बिरुद्ध सार्वजनिक नैतिक बिरुद्धको कसुर अन्तरगत अभद्र ब्यवहार सम्बन्धी मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कट्टेलले बताए ।

जलबिद्युत आयोजनाको ड्याम साईटमा मृत फेला ।

ओखलढुंगाकी एक महिला जलबिद्युत आयोजनाको ड्याम साईटमा मृत फेला परेकी छिन् । जिल्लाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारकी ३२ बर्षिय सुस्मा राई ठोट्ने खोला मिनी जलविद्युत अयोजनाको ड्याम साईटमा मृत फेला परेकी हुन्् । बुधबार स्थानियले जलबिद्युतको ड्याम साइडमा महिलाको कपडा तथा डोको देखेर महिलालाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनास्थलमा पुगेर खोजतलास गर्ने क्रममा पानीभित्र राईलाई मृत अवस्थामा फेला पारेको ओखलढुंगा प्रहरी निरिक्षक शिव कट्टेलले जानकारी दिए । ती महिला नुहाउने क्रममा पानीमा डुवेको हुनसक्ने प्रहरीको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप