शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एकैदिनमा २६ हजार भन्दा बढी संक्रमित

बिहीबार, ०६ कात्तिक २०७७, ०८ : २९
बिहीबार, ०६ कात्तिक २०७७

लन्डन । बेलायतमा कोरोना संक्रमित हुनेको संख्या पछिल्लो २४ घन्टामा २६ हजार नाघेको छ । यो संख्या विगत पाँच महिनायताकै सबैभन्दा बढी हो । २४ घण्टाभित्र थप २६ हजार ६८८ जना नयाँ कोरोना संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । अघिल्लो दिनको तुलनामा संक्रमित संख्या पाँच हजारले बढी छ । सरकारी तथ्याँक अनुसार जुनको पहिलो सातापछि संक्रमित हुनेको यो संख्या अहिले सम्मकै धेरै हो । यससंगै बेलायतमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८९ हजार २२९ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा थप  एक सय ९१ जना कोरोना सनाक्रमित्को मृत्यु भएको छ । मृतक संख्या भने मंगलबारको तुलनमा कम रहेको छ । मंगलाबार सार्वजनिक तथ्याँक अनुसार २ सय ४१ जना कोरोना संक्रमितको  मृत्यु भएको थियो । यो संख्या पनि गत जुन पछिकै सबैभन्दा बढी हो ।  बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४ हजार १५८ पुगेको स्वास्थ्य विभागले जनाएको छ ।  

कोरोना संक्रमण र मृत्युसँगै दैनिक  अस्पताल भर्ना हुनेको संख्या  पनि दिनहुँ बढ्दै गएको छ ।  हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४७९ रहेको छ भने ६ सय २९ जनाको  भेन्टिलेटर बेडमा राखेर उपचार भैरहेको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा थप ९९६ जना अस्पताल भर्ना भएका छन् ।

वैज्ञानिकहरुले दिएको जानकारी अनुसार आगामी क्रिसमस र अंग्रेजी नयाँ वर्षमा कोरोना संक्रमण उत्कर्ष विन्दुमा पुग्ने बताइएको छ । संक्रमण नियन्त्रणका  लागि सरकारले तीन तहको लकडाउन घोषणा गरिसकेको छ । जसअनुसार अहिले नर्दर्न आयरल्याण्ड, लिभरपुल, म्यानचेष्टर, वेल्स, ल्यांकाशायर तथा दक्षिणी  योर्कशायर लगायतका भूभाग कोरोना संक्रमणको उच्च जोखिम अन्तर्गत पर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप