शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिकोको पोष्टमा बायर्नको गोलवर्षा

बिहीबार, ०६ कात्तिक २०७७, ०८ : ११
बिहीबार, ०६ कात्तिक २०७७

डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा लागतार १२ औँ जित निकाल्दै एथ्लेटिको म्याड्रिडलाई ४–० को विशाल अन्तरले पराजित गरेको छ ।

उत्कृष्ट लयमा देखिएको हान्सी फ्ल्किको टोलीका लागि किंग्सले कोमानले खेलको २८ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । लियोन गोर्टेज्काले पहिलो हाफ सकिन लाग्दा अग्रता दोब्बर बनाए ।

दोस्रो हाफमा कोरेन्टिन टोलिसोले तेस्रो गोल थपे भने कोमानले व्यक्तिगत तथा टोलीको चौथो गोल गरे । खेलमा बायर्नले विपक्षीको पोष्टमा १६ प्रहार गर्न सफल भएको थियो ।

समूहको अन्य खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ को बराबरीमा चिक्त बुझायो ।

उता, एक गोलले पछि परेको स्थिति उल्टाउँदै म्यान्चेस्टर सिटीले पोर्टोलाई ३–१ गोलअन्तरले हराएको छ ।

लुइज डियाजले खेलको १४ औँ मिनेटमा पोर्टोलाई अप्रत्यासित अग्रता दिलाएका थिए । तर, खेलको २०औँ मिनेटमा सर्जियो अगुएरोले पेनाल्टीबाट खेल बराबरी गरे ।

दोस्रो हाफमा इके गुन्डोगान र फेरान टोरेसले एक–एक गोल थप्दै पेप ग्वार्डिओलको टोलीलाई जित दिलाए ।

समूहकै अर्को खेलमा मार्से ओलम्पियाकोससँग १–० गोलअन्तरले पराजित बन्यो ।

यता, प्रिमियर लिग च्याम्पियन लिभरपुल भने भाग्यमानी रह्यो । निकोलास टाग्लिफिकोको आत्मघाती गोलको मद्दतले लिभरपुलले आयाक्सलाई पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

एटलान्टाले एफसी मिट्जील्याण्डबिरुद्ध ४–० को जीत हासिल गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप