केन्द्रीय संस्करण

रियलको लज्जास्पद हार, जिदानले लिए जिम्मेवारी

person explore access_timeकात्तिक ६, २०७७ chat_bubble_outline0

दोस्रो रोजाइका खेलाडी उतारेको युक्रेनियन टोली शाख्तार डोनेस्कसँग १३ पटकको च्याम्पियन्स लिग विजेता रियल म्याड्रिड आफ्नै घरेलु मैदानमा पराजित भएको छ । कारोनाभाइरसको संक्रमणका कारण युक्रेनियन टोली पहिलो रोजाइका १३ खेलाडी बिना नै युवा खेलाडीहरुलाई लिएर म्याड्रिड आएको थियो । तर, लुइस कास्ट्रोको युवा टोलीले रियलविरुद्ध ३–२ को ऐतिहासिक जित हासिल गर्न सफल रह्यो ।

शनिबारको एल क्लासिकोलाई मध्य नजर राख्दै जिदानले खेलाडीहरुलाई आराम दिनु प्रत्युत्यपादक बन्यो । पहिलो हाफमा नै शाख्तारले ३–० को अग्रता दिएको थियो । टेटेले भरान र मार्सेलोको गल्तीको फाइदा उठाउँदै शाख्तारलाई अग्रता दिलाए भने भरानको आत्मघाती गोलले पाहुना टोलीको अग्रता दोब्बर भयो ।  पहिलो हाफको अन्त्यतिर सोलोमोनले तेस्रो गोल थपे ।

दोस्रो हाफमा आराम दिइएका करिम बेन्जेमालाई मैदानमा उतारेपछि रियलले केही सुधारिएको प्रदर्शन गर्यो । लुका मोड्रिच र भिनिसियस जुनियरले दोस्रो हाफमा गोल फर्काए पनि रियल खेलमा फर्कन सकेन ।

रियलले युरोपियन कप प्रतियोगितामा लगातार तीन खेल हारेको सन् १९८६ पछि पहिलो पटक हो । खेलपछि रियलका म्यानेजर जिनेदिन जिदानले हारको जिम्मेवारी लिए ।

समूहको अर्को खेलमा इन्टर मिलान र बोरुसिया मोचेनग्ल्याडब्यचले २–२ को बराबरी खेले ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.