केन्द्रीय संस्करण

गुप्तचर संस्थाका प्रमुख विमान चार्टर्ड गरेर प्रधानमन्त्री भेट्न आउनु सार्वभौम देशको दुर्भाग्य

person explore access_timeकात्तिक ६, २०७७ chat_bubble_outline1

गुप्तचर संस्थाको प्रमुख विमान चार्टर्ड गरेर नेपालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीलाई भेट्न आएको विषयलाई कूटनीतिज्ञहरूले एउटा सार्वभौम देशको दुर्भाग्य भनेका छन् । ‘हाम्रा प्रधानमन्त्रीले उताका प्रधानमन्त्रीसँग, मन्त्रीले मन्त्रीसँग र गुप्तचरका हाकिमले उनकै समकक्षीसँग वार्ता गर्नुपर्ने हो । तर, उताका गुप्तचर प्रमुख सीधै प्रधानमन्त्रीसँग भेटवार्ता गर्न विमान चार्टर्ड गरेर आउँछन् । कूटनीतिक रूपमा पनि धराशायी भएको अवस्था हो । राष्ट्रवादी र देशभक्त नागरिकका लागि योभन्दा लज्जाको विषय केही हुन सक्दैन, देशको शिर झुकेको छ,’ एक कूटनीतिज्ञले भने ।

जब कि लिपुलेक, कालापानी र लिम्पियाधुराको नेपाली भूमि नेपाली नक्सामा समेटिएको छ, तर त्यो क्षेत्रमा अहिले पनि भारतीय फौज छ । यस्तो विषयमा देश र संसद्को सर्वसम्मत समर्थन पाएको सरकारले भारतीय गुप्तचर संस्थाका प्रमुख बोलाएर प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग वार्ताको वातावरण बनाएको छ ।

गुप्तचरले प्रधानमन्त्रीनिवासमा न्यानो स्वागत पाउँदा दुई देशबीच हुनुपर्ने कूटनीतिक स्तर हुनुपर्ने संवाद भने रोकिएको छ । कोभिड– १९ को महामारीका कारण भन्दै भारतले वार्ता सार्दै आएको छ । महामारी मत्थर भएपछि भारतीय विदेशसचिव हर्षबर्द्धन शृंगलाको नेपाल भ्रमण हुने भनिएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. Oct. 22, 2020, 10:29 a.m. Prem subedi
    जहाज ल्याउँदा राष्ट्रियता कसरी सकिन्छ? उस्को कार्यालयले प्रदान गरेको यातायात सुविधा होला, आयो। समाचार त देश भित्र के कस्तो खेल खेल्यो पो हुनु पर्ने हो त। कठै सम्पादक र पत्रुकार हरुको मनोदशा। आफू लुकेर दूतावास छिरेर रक्सी र मिठाई सँग देश विरुद्ध लेख्ने र बोल्ने भनी राष्ट्रियता बेचेको याद छैन कि लाज पचाएर लेखिन्छ?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.