बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, २३ : ०३
बुधबार, ०५ कात्तिक २०७७

चितवन । कोरोना सङ्क्रमणका कारण एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको  चितवन मेडिकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालकाअनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनको घरमानै बसेर उपचार गराईरहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप