केन्द्रीय संस्करण

एकीकृत कृषि मोडेलअनुरुप योजना बनाएर अघि बढ्नुपर्छः कृषिमन्त्री भुसाल

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

धनुषा ।  कृषि तथा पशुपंक्षीमन्त्री घनश्याम भुसालले एकीकृत कृषि मोडेलअनुरुप योजना बनाएर अघि बढ्ने बताएका छन्  । धनुषाको कमल नगरपालिकाको पहलमा स्थलगत अनुगमन तथा अध्ययनका लागि आएका कृषिमन्त्री भुसालले सो कुरा बताएका हुन् ।  

मन्त्री भुसालले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको समन्वय तथा सहकार्यमा स्थानीय साना किसान सहकारी लगायतका संघसंस्थालाई परिचालन गरी बृहत योजनाअनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले कमला नदीको वरिपरि रहेका हजारौँ हेक्टर जग्गालाई कृषियोग्य उत्पादनका लागि उपयोग गरिने स्पष्ट पारे  । उनले विभिन्न किसिमका कृषियोग्य वस्तुको उत्पादनका लागि समेत यहाँका स्थानीय किसानका जग्गा तथा जग्गावालको सहभागितामा दिर्घकालिन योजना बनाएर कृषि जोन निर्माण गनुपर्नेमा जोड दिए । 

त्यस्तै पूर्व स्थानीय विकासमन्त्री रामचन्द्र झाले कमला नदीका कारण हजारौँ जग्गा–जमिन नष्ट भएको भन्दै १२ देखि १४ हजार बिघाको उक्त जमिनमा विभिन्न पकेट एरिया बनाएर कृषि कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । उनले भने, ‘यो क्षेत्रमा कुनै ठाउँमा माछा सुपर जोन, कुनै ठाउँमा केरा खेतीको पकेट, कुनै ठाउँमा तरकारी खेतीको पकेट, कुनै ठाउँमा फूल खेतीको पकेट लगायत विभिन्न खेती गरेर त्यस क्षेत्रका किसानहरूको जीवनमा समृद्धि ल्याएर समाजवाद स्थापना गर्न सकिन्छ ।’

प्रदेश नम्बर २ का कृषि, सहकारी तथा भूमी व्यवस्थामन्त्री शैलेन्द साहले केन्द्रीय सरकारले ल्याउने योजनामा आफुहरुको भरपुर सहयोग रहने बताए । अनुगमन तथा अध्ययनका क्रममा प्रदेशसभा सदस्य शत्रुधन महतो, नेकपाका केन्द्रीय सदस्य सुधीर साह, केन्द्रीय सदस्य रत्नेश्वरलाल गोइत, रामकुमार शर्मा, कमला नगरपालिकाका राम उद्गार गोइत, जनक नन्दनी गाउँपालिकाका अध्यक्ष अब्दुल बारिक, विभिन्न मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।

वि.सं. २०६४ सालमा आएको बाढीले गर्दा कमला नदीको दिशा परिवर्तन भएपछि सो भूमि बगरमा परिणत भएको थियो । उक्त बाढीले मुसहर समुदायका १ सय २० घरधुरी बाढीले बगाएको थियो । उक्त बाढीका कारण सयौँ व्यक्ति सुकुम्बासी समेत बन्न बाध्य भएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.