शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जाको जंगलमा ‘तस्कर’ले लुकाएको ३ सय ६ क्यूफिट सालको काठ बरामद

बुधबार, ०५ कात्तिक २०७७, २२ : २३
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । स्याङ्जाको चापाकोट नगरपालिका–१ स्थित खोलेगाउँको जंगलबाट प्रहरीले ठुलो परिमाणमा सालको काठ बरामद गरेको छ ।  तस्कर समूहले जंगलमा लुकाएर राखेको ३ सय ६ क्यूफिट सालको काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए । 

चिरेको सालको काठ जंगलमा स्याउलाले छोपेर राखेको सुराकको आधारमा प्रहरीले ‘सर्च अपरेशन’ गरेको थियो । स्याङ्जामा निकासीका लागी तयार गरिएको त्यति धेरै परिमाणको काठ सम्भवत पहिलोपटक बरामद गरिएको हो । 
सात ट्याक्टर काठ नाप जाँच गर्न जिल्ला वन कार्यालयको टोलीलाई दुई दिन लागेको थियो । जंगलमा चिरेर लुकाएर राखेको अवस्थामा फेला परेको काठको मूल्य १५ लाखभन्दा बढी पर्छ । 

‘तस्कर’को ठूलो गिरोहले सो काठ निकासी गर्न लागेको एसपी बोगटीले बताए । उनले भने–‘काठ तस्करी गर्ने समूहबारे अनुसन्धान गर्दै छौं ।’  प्रहरीले सो काठ जिल्ला वन कार्यालयमा पठाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप