बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

बुधबार, ०५ कात्तिक २०७७, २१ : ०१
बुधबार, ०५ कात्तिक २०७७

ताप्लेजुङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान सुरु गरेको छ । कोरोना महामारीका कारणले गत चैत १० गतेदेखि काठमाडौं ताप्लेजुङ नियमित उडान स्थगित गरिएको थियो ।

नेपाल एयरलाइन्का ताप्लेजुङको स्टेशन इञ्चार्ज लोकेन्द्र लिम्बूले १९ जनाको क्षमताको उडानमा काठमाडौँदेखि चार जना यात्रु लिएर आएको नेपाल एयरलाइन्स ताप्लेजुङदे सुकेटारदेखि भने रित्तै फर्किएको जानकारी दिए । यात्रुको अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भएकाले आज सीमित यात्रु ल्याएको हो । 

काठमाडौंदेखि ताप्लेजुङसम्मको भाडा  ६ हजार ८ सय ४० रुपैया तोकिएको छ भने ताप्लेजुङदेखि  काठमाडौंका भाडा  ६ हजार ७ सय ४० रुपैया तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप