कोरोना संक्रमित कांग्रेस नेता मगरको निधन
बुधबार, ०५ कात्तिक २०७७, २० : १३
डोटी । कोभिड–१९ को संक्रमणमा परेका नेपाली कांग्रेसका नेता तेजबहादुर पुन मगरको आज मृत्यु भएको छ । केआई सिंह गाउँपालिका–४ पूर्वीया बगरमा घर भएका ५० वर्षीय मगर केही दिन पहिले बिरामी भएपछि उपचारका लाागि कैलाली गएका थिए ।
उपचारका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्थायी अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार निमोनियासहित कोरोना संक्रमित मगरको उपचारकै क्रममा मृत्यु भएको हो । उनी काँग्रेस डोटीबाट महाधिवेशन प्रतिनिधिसहित नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्षसमेत रहेका थिए। उनका दुई छोरा र एक श्रीमती छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारद्वारा ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
भाइलाई ‘प्लस टु’ पास गराउन प्रिन्सिपलले गरे नक्कली विद्यार्थी खडा
-
एयरलाइन्सको ज्यादतीबारे मेनपावर व्यवसायीद्वारा ध्यानाकर्षण
-
पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु