केन्द्रीय संस्करण

राष्ट्रसंघका महासचिवद्वारा यमनमा युद्धविरामका लागि आग्रह

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0
file photo

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धविरामका लागि विशेष आग्रह गरेका छन् । उनले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

जनाइएअनुसार  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यहाँका युद्धरत पक्षहरुलाई आवश्यक मात्रामा युद्धविराम गर्नुपर्नेमा जोड दिनुभएको बताइएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै  महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुँदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका हुन् ।
महासचिव गुटर्रेसले सो बैठकमा भनेका थिए– ‘अब यमनमा तत्कालै देशव्यापी रुपमा युद्धविराम गर्नुपर्ने आवश्यकता छ र यहाँका युद्धरत पक्षहरुलाई शान्तिका लागि वार्ताको टेबलमा बस्न आग्रह गर्दछु ।’

उनले हिंसा गरेर नभई यमनमा राजनीतिक माध्यमबाट राजनीतिक समाधान खोज्ने पक्षमा  संयुक्त राष्ट्रसंघ रहेको धारणा पनि महासचिव एन्टोनियो गुटर्रेसले राखेका थिए । उनले यसअघि पनि केही महिना मात्र अघि यहाँका युद्धरत पक्षलाई हिंसा रोकेर शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्नका लागि तयार रहन भनेका थिए ।

आफूले यस विषयमा पहल जारी राखेको पनि उनले सो बैठकमा जानकारी गराएका थिए । आफूले आफ्ना दूतलाई यमनमा युद्धरत पक्षहरुसँग निरन्तर सम्पर्कमा रहेर शान्ति वार्ताको पक्षमा काम गर्न आफूले भनेको पनि उनले बताए । यमन सन् २०१५ देखि गृहयुद्धको चपेटामा फसेको छ । यहाँका हाउथी विद्रोही र यहाँको सरकारलाई समर्थन गर्ने फौजको यहाँ संघर्ष जारी छ । –सिन्ह्वा
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.