शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको दशैं धमाका, डिजिटल दक्षिणामा क्यासव्याक

बुधबार, ०५ कात्तिक २०७७, १८ : २९
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ याएको छ । एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको हो । 

यस योजना अन्तर्गत ग्राहकहरुले बैंक स्मार्टमार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् ।

सिद्धार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप 
-कार्तिक ६ देखि मंसिर ५ गते सम्म प्हिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा रु ५० को मोबाइल टपअप । 

डिजिटल दक्षिणा 
कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीन पटक रकम ट्रान्सफर गर्दा रु ३०० क्यास ब्याक । 

पहिलो र थप तीन कारोबारमा क्यास ब्याक 
-कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा माई फर्स्ट लेखी पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०५ क्यास ब्याक ।
-थप तीन कारोबार गर्दा रु ३०० क्यास ब्याक ।
-यस क्यास ब्याक पाउन रु ५०० वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।

यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफवान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहक महानुभावहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ । 

यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अभैm प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । आफ्ना ग्राहकहरूको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै बैंकले विभिन्न छुट तथा क्यास ब्याक योजना दिदैं आएको र आगामी दिनहरुमा पनि यस्ता योजनाहरु निरन्तर लागु गर्दै जाने बैंकको योजना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप