शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ्ग सेवा रुपन्देहीमा सुरु

बुधबार, ०५ कात्तिक २०७७, १८ : २१
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ तिलोत्तमा ६, गणेशपुर, रुपन्देहीमा ५१ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

उक्त सेवाको बुधवार आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य तथा तिलोत्तमा वडा नं. ६ को सदस्य संगिता गुरुङले उद्घाटन गरिन् ।

समारोहमा गुरुङ र मणिग्राम शाखाका शाखा प्रवन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ्ग सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । 

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टी.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप