निशान म्यागनाइट एसयूभी अब नेपाली बजारमा, स्पोर्टी लुक्ससहित यस्ता छन् विशेषता
काठमाडौं । निशान मोटर्सको बहुप्रतिक्षित “बिग, बोल्ड, ब्युटिफुल” बि–एस.यू.भी. म्यागनाइट अनलाइनमार्फत विश्वव्यापीरुपमा सार्वजनिक भएको छ ।
निशान मोटर्सको लागी नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटेकर्पले जनवरी २०२१ मा निशान म्यागनाइट लञ्च गर्ने पूर्व तयारी सुरु गरेको छ । यो “बिग, बोल्ड, ब्युटिफुल” एस.यू.भी.मा स्पोर्टी लुक्स सहित एल.ई.डी. हेडल्याम्प, एल.ई.डी. डी.आर.एल., फ्लोटिङ्ग रुफ, डुवल टोन बडी पेन्ट, डुवल टोन रियर बम्पर जस्ता विशेषताहरु समावेश गरिएका छन् ।
निशान म्यागनाइट १.० लिटर पेट्रोल इञ्जिनको दुई वटा भेरियन्टमा उपलब्ध हुनेछ । जसमा एउटा नेचुरली एसपिरेटेड इञ्जिन हो भने अर्काे टर्बाेचाज्र्ड इञ्जिन हुनेछ । निशान म्यागनाइटमा ८ इञ्च फुल फ्लस टच स्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, ७ इञ्च टि.एफ.टी. ड्राइभ असिस्ट डिस्प्ले, टायर प्रेसर मोनिटर सिस्टम, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरा लगायत विभिन्न फिचरहरु उपलब्ध छन् ।
विभिन्न अत्याधुनिक विशेषताहरु समावेश भएको निशान म्यागनाइट आफ्नो सेगमेन्टको गेमचेन्जर बन्ने अपेक्षा गरिएको छ । नेपाली बजारमा भित्रिने यस एस.यू.भी.को मूल्यको आधारमा यो गाडी एकदम उचित र प्रिमियम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३१ करोड बक्यौता बुझाएपछि सुबिसुले पाँच वर्षका लागि पायो लाइसेन्स
-
विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)
-
पोटर बने वेस्ट ह्यामको नयाँ म्यानेजर
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी उच्च प्राथमिकताका साथ भइरहेको छ : घिसिङ
-
'नेपाल आयल निगम १० अर्ब नाफामा छ'
-
सरकारका प्रवक्ता भन्छन्– कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि हुँदैन