शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सामलिङ्ग पावर कम्पनीको आइपीओ प्रत्याभूतिकर्तामा एनआइबीएल एस क्यापिटल नियुक्त

बुधबार, ०५ कात्तिक २०७७, १८ : ०२
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडले प्रति शेयर अंकित मूल्य रु. १००दरका रु. १२ करोड ३० लाख साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को प्रत्याभूति गर्न एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

यसअघि कम्पनीले साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) को बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरीसकेकोे छ  । उक्त सम्झौतापत्रमा सामलिङ्ग पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भानु पोखरेल र एनआइबीएल एस क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माइबेनी जलविद्युत आयोजना २०२० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेकोे छ । यस आयोजनाबाट वार्षिक उत्पादन हुने ५३.२८ गिगावाट उर्जा ईलाम जिल्लाको गोदक स्थित नेपाल विद्युत प्राधिकरणको ३३÷१३२ के.भी गोदक सवस्टेसन मार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ ।

प्रवद्र्धक कम्पनी सामलिङ्ग पावर कम्पनीका अध्यक्ष तथा उर्जा डेभलपर्स प्रा.लि का अध्यक्ष विजयबहादुर राजभण्डारीले विद्यमान प्रतिकूल वातावरणका बाबजुद आयोजनाको सिभिल निर्माण कार्यहरु सुचारु गरी सम्पन्न हुने अन्तिम चरणमा रहेको तथा आयोजनाको विद्युत गृहमा टोसिवा कम्पनीका प्राविधिकहरुद्धारा इलेक्ट्रोमेकानिकल यन्त्र उपकरणहरु जडान गर्ने कार्य भइरहेको हुँदा आगामी ३ महिनामा जडान एवं परिक्षण सम्पन्न गरिने बताए । 

कम्पनी स्थापनाको चार वर्षभित्र उर्जा डेभलपर्सले सम्बद्घ कम्पनीहरु मार्फत ४९ मे.वा को अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माणाधिन अवस्थामा रहेको तथा अन्य ६ आयोजनाहरु निर्माण विकासको विभित्र चरणमा रहेका छन् । 

उनले जलविद्युत् आयोजना न्यूनतम लागत, उच्च गुणस्तर तथा प्रतिस्पर्धी मूल्यमा निर्माण गर्नेतर्पm ऊर्जा डेभलपर्स उन्मुख रहेको जानकारी दिंदै मुलुकको आन्तरिक तथा क्षेत्रीय बजार अध्ययन गरी आगामी दिनमा जलाशय (स्टोरेज) र अर्धजलाशययुक्त (पीआरओआर) आयोजना निर्माण गरिने बताए । 

आयोजनाको वित्तिय व्यवस्थापन नेपाल एसबिआई बैँक लिमिटेडको अगुवाईमा सिद्धार्थ बैँक लिमिटेडको  सहभागीतामा सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप