शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल ल्युब आयलले घोषणा गर्यो १० प्रतिशत नगद लाभांश

बुधबार, ०५ कात्तिक २०७७, १७ : ४६
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारण सभाले शेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल ल्यूव आयल लि.को ३६ वर्षको इतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत संचालित यस सभामा अध्यक्ष अरुणकुमार चौधरी तथा बोर्ड अफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयरहोल्डरहरुको स्वंय उपस्थिती बाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यममार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवंम कम्पनीसंग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा शेयर होल्डरको समेत कोभिड १९ बीमा गर्ने घोषणा गरे । साथै कम्पनीले १० प्रतिशत लाभांस दिने घोषाण पनि गरे ।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेशनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री र वितरण समेत गर्छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्राण्ड हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप