केन्द्रीय संस्करण

भारतीय युवकले जब प्रहरीमाथि गोली प्रहार गरे...

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

काठमाडौं । बारा प्रहरीले अवैध हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बुधबार बाराको सिम्रौनगढ ९ सानो बंकुलस्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले भारतको बिहार पूर्वी चम्पारण दुधिअवा बस्ने २८ वर्षीय बृजकिशोर कुशहवालाई पक्राउ गरेको हो । प्रहरी टोलीले शंका लागेर उनीमाथि खनतलासी गर्न खोज्दा कुशहवाले प्रहरी टोलीमाथि गोली प्रहार गर्दा मिस फायर भएको थियो ।

त्यसलगत्तै प्रहरीले उनीमाथि जवाफी कार्वाही गर्दा वायाँ पाखुरामा गोली लागेर कुशहवा घाइते भएका थिए । पक्राउ परेका कुशहवाबाट १ थान पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउन्ड गोली बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.