शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँकडभिट्टा नाकाबाट चार महिलाको उद्धार

बुधबार, ०५ कात्तिक २०७७, १७ : ०९
बुधबार, ०५ कात्तिक २०७७

झापा । माइती नेपालले विदेश जाने बहानामा अवैध रुपमा काँकडभिट्टा नाका पार गर्न खोज्ने चार महिलाको आज उद्धार गरेको छ । मानव बेचबिखनका जोखिमका रहेका कारण उद्धार गरिएका चार महिला खोटाङ, गुल्मी, सुनसरी र मोरङका छन् ।

शंकास्पद अवस्थामा नाकामा डुलिरहेको देखेपछि माइती नेपालका सीमा निगरानीकर्ताले उनीहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा पछ्याएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए । उद्धार गरिएका उनीहरुले आफूहरु वैदेशिक रोजगारीका लागि जान लागेको बताएका छन् । हाल माइती नेपालको पुनस्र्थापनागृहमा राखिएका उनीहरुलाई अनुसन्धान सकिएपछि अभिभावकको जिम्मा लगाइने घिमिरेले जानकारी दिए ।

कोरोना कहर र बडादशैंका बेला पनि मानव तस्करको गिरोहले नेपाली महिलालाई वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा विदेश लैजाने गतिविधि गरिरहेको यो घटनाले देखाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप