शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

भिसाका लागि लाइनमा बसेका अफगानीबीच एकाएक भागदौड,  कम्तिमा १५ को मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, १७ : ०१
बुधबार, ०५ कात्तिक २०७७

अफगानिस्तानको पूर्वी नान्गरहार प्रान्तबाट पाकिस्तान जानका लागि भिसाको प्रतिक्षा गरिरहेका नागरिकहरुबीच एकाएक भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । बुधबार एक रंगशालामा हजारौं अफगानीहरु पाकिस्तान जाने भिसाको प्रतिक्षामा थिए । उनीहरुबीच एकाएक भागदौड मच्चिदा कम्तिमा ११ महिलासहित १५ मानिसको मृत्यु भएको हो । 

नान्गरहारका गर्भनर अताउल्लाह खोग्यानीका अनुसार यस भागदौडमा परेर १३ जनाभन्दा धेरै घाइते भएका छन् । यसमा पनि अधिकांश संख्या महिलाकै छ । खोग्यानीका अनुसार मारिनेमा वृद्धवृद्धाको संख्या धेरै छ । 

बुधबारै  उत्तरी अफगानिस्तानमा तालिवानको हमलाबाट ३४ जना प्रहरीको मृत्यु भएको छ । ताखर प्रान्तस्थित एक स्थानीय अस्पतालका निर्देशक रहिम बाखिश दानिशले यसको जानकारी दिएका हुन् । उनका अनुसार घटनामा आठभन्दा धेरै सुरक्षाकर्मी घाइते भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप