शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

साढे १६ महिनाको आयात धान्ने विदेशी मुद्रा बैंकमा

बुधबार, ०५ कात्तिक २०७७, १६ : ४७
बुधबार, ०५ कात्तिक २०७७

विदेशी विनिमय सञ्चितिमा बढोत्तरी भएको छ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भइ भदौ मसान्तमा १४ खर्ब ३३ अर्ब ६७ करोड पुगेको जनाएको छ ।  अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रुपैयाँ रहेकोमा २०७७ भदौ मसान्तमा १२ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । 
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा १ खर्ब ७८ अर्ब ६६ करोड पुगेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष २०७७/७८ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत, १२४.५ प्रतिशत र ३३.६ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप