शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जना कोरोना संक्रमित थपिए

बुधबार, ०५ कात्तिक २०७७, १६ : ४०
बुधबार, ०५ कात्तिक २०७७

बितेको २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ गरी कुल ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै काठमाडौंसहित देशभर कोरोनाभाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । बितेको २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

उनका अनुसार हाल संस्थागत आइसोलेशनमा १४ हजार ६७६ र होम आइसोलेशनमा २९ हजार ८०० जना रहेका छन् । यस्तै बितेको २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण भएको छ। 
यस्तै बितको २४ घण्टामा २ हजार ९९६ संक्रमित निको भएसँगै निको हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ । 

यस्तै कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७९१ पुगेको मन्त्रालयले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप