शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दरबार हाइस्कूलको उद्घाटन: भित्र राष्ट्रपति, पर्खालबाहिर पत्रकार (भिडियो)

बुधबार, ०५ कात्तिक २०७७, १६ : ३८
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित नवनिर्मित दरबार हाइस्कूल उद्घाटन भएको छ । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिनियाँ निर्माण कम्पनीले बिद्यालयको साँचो काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गरेको हो । 

रानीपोखरीको उद्घाटन समारोहको कार्यक्रम सकेपछि राष्ट्रपति र प्रधानमन्त्री दरबार हाइस्कूलको उद्घाटन कार्यक्रममा सहभागी भएका थिए । राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गरेर दरबार हाइस्कूलको उद्घाटन गरेकी हुन् ।  सो उद्घाटन कार्यक्रममा सरकारी मिडिया नेपाल टेलिभिजन र निजी टेलिभिजन कान्तिपुरबाहेक अन्य मिडियालाई प्रवेश दिइएन् ।

सञ्चारकर्मीहरुले स्कूलको प्रांगणमा भएको संक्षिप्त कार्यक्रम भोटाहिटीको आकाशेपुल, बिद्यालयको पर्खालबाहिर तथा सडकको रेलिङमा चढेर रिपोर्टिङ गरेका थिए । पछि आकाशे पुलबाट फोटो खिचिरहेका सञ्चारकर्मीहरुलाई भने पछि प्रहरीले हटाएको थियो । 

दरबार हाइस्कूल अन्तर्गत भूकम्पबाट क्षति भएका भानू मावि र संस्कृत माविको भवन निर्माणका लागि चीन सरकारले ८५ करोड अनुदान सहयोग दिएको थियो । ४ तला रहेको सो विद्यालय भवनमा ४२ कोठा रहेका छन् । अत्याधुनिक विज्ञान प्रयोगशाला, पुस्तकालय, क्यान्टिन, बास्केटबल कोट रहेको सो भवन चिनियाँ निर्माण कम्पनीले तयार पारेर हस्तान्तरण गरेको हो । वि.सं. १९१० सालमा स्थापना भएको दरबार हाइस्कूलमा १९४८ सालदेखि संस्कृत पनि पढाउन थालिएको थियो । 

हेर्नुहोस् भिडियो: 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप