शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय जासूसी संस्था ‘रअ’ का प्रमुख नेपाल भ्रमणमा

बुधबार, ०५ कात्तिक २०७७, १६ : १०
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । भारतीय जासूसी संस्था रिसर्च एन्ड एनालाईसिस विङ्स  (रअ) का प्रमुख  सामन्थ गोयल नेपाल भ्रमण आएका छन् । गोयल नेपाल आएको जानकारी उच्च स्रोतबाट रातोपाटीलाई प्राप्त भएको छ ।

यद्यपि, उनी के प्रयोजनका लागि नेपाल आएका हुन् भन्ने खुलेको छैन । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको अवस्थामा ‘रअ’ का प्रमुख नेपालको भ्रमणमा आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

उनी चार्टर विमानमा काठमाडौं आएको श्रोतको दाबी छ । आज साँझ काठमाडौंमा महत्वपूर्ण भेटघाट गरी उनी बिहीबार भारत फर्किने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप