शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दशैँ बिदामा पनि आयोगको कार्यालय खुल्ने

बुधबार, ०५ कात्तिक २०७७, १५ : १७
बुधबार, ०५ कात्तिक २०७७

राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दशैँ विदामा पनि खुल्ने भएको छ । मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि दशैं बिदामा १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहनेछन् । साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन गर्ने बुधबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । 

यसैगरी आयोगको काम कारवाहीको विषयमा सरोकारवालालाई वा सार्वजनिक रुपमा जानकारी दिन सहसचिव टीकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप