शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको कराँचीमा बम बिस्फोट, ३ जनाको मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, १५ : १६
बुधबार, ०५ कात्तिक २०७७

कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम बिस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बम बिस्फोटनका कारण अरु १५ जना घाइते भएका छन् ।

इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन् । बिस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन । मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम बिस्फोट भएको बताएका छन् ।

प्रत्यक्षदर्शीले बिस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन् । अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम बिस्फोटन हुँदा केही मानिस घाइते भएका थिए । –एएनआई
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप