बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्प भर्सेस बाइडेन– यी आठ मुद्दामा कसको अडान कस्तो ?

बुधबार, ०५ कात्तिक २०७७, १३ : ४४
बुधबार, ०५ कात्तिक २०७७

एजेन्सी । अमेरिकमा राष्ट्रपतिय निर्वाचन संघारमै छ ।  मतदाताहरुसामु राष्ट्रपति पदको विकल्पका रुपमा रिपब्लिकन पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन छन् । यसपटकको निर्वाचनका प्रमुख आठ मुद्दाबारे उनीहरुको नीति के कस्तो छ ? यसबारे सरसर्ती बुुझौं । 

कोरोना भाइरस 

निश्चय नै कोरोना भाइरस नियन्त्रण र रोकथाम अहिले विश्वकै अहम् सवाल हो । कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । राष्ट्रपति ट्रम्पले जनवरीको अन्त्यमै कोरोना नियन्त्रणका लागि एक टास्क फोर्सको गठन गरेका थिए, ट्रम्पकाअनुसार मानिसको सुरक्षा र देशको अर्थव्यवस्था कसरी खोल्ने भन्ने विषयमा अब यस टास्क फोर्सको ध्यान केन्द्रीत छ । ट्रम्पले भाइरसको उपचार र यसको भ्याक्सिन विकास गर्ने विषयलाई प्राथमिकता बनाएका छन । यसको १० अर्ब डलर लगानी हुँदैछ  ।

अर्कोतर्फ जो बाइडेन एक नेशनल कन्ट्याक्ट टे«सिङ कार्यक्रम गठन गर्न चाहन्छन् । उनी हरेक प्रान्तमा कम से कम १० परीक्षण केन्द्र पनि स्थापना गर्न चाहन्छन् । त्यस्तै, उनी सबैको सित्तैमा जाँच होस् भन्ने चाहन्छन् । 
उनले मास्कको प्रयोगबारे राष्ट्रव्यापी नीतिको पनि कुरा गरेका छन् । जसअन्तर्गत सार्वजनिक स्थानमा आफ्नो अनुहारलाई ढाक्नुपर्नेछ ।  

जलवायु

राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनलाई लिएर सधैं शंका प्रकट गर्दै आएका छन् । उनी उर्जालाई यस्तो स्रोतका रुपमा विस्तार गर्न चाहन्छन्, जो एकपटक मात्रै प्रयोग हुन्छ । उनको लक्ष्य तेल र ग्यास निकाल्ने कामलाई तेज गर्नु हो । पर्यावरणसँग सम्बन्धित जे पनि सुरक्षा दिइएको हो, त्यसलाई उनी फिर्ता लैजान चाहन्छन् । 

उनी पेरिस जलवायु सम्झौताबाट हट्ने विषयमा प्रतिबन्ध छन् । पेरिस सम्झौता जलवायु परिवर्तनसँग लड्नका लागि हो । तर, यस वर्षको अन्त्यमा अमेरिका यस सम्झौताबाट औपचारिक रुपमा बाहिरिनेछ ।  जो बाइडेनकाअनुसार यदि उनी राष्ट्रपति चुनिए भने तत्कालै पेरिस सम्झौतामा सहभागी हुनेछन् ।  

उनी २०५० सम्म अमेरिकाले कार्बन उत्सर्जनलाई शून्यको स्तरसम्म लैजाओस् भन्ने चाहन्छन् । त्यस्तै सार्वजनिक स्थानमा तेल र ग्यास निकाल्नका लागि नयाँ लिकमा रोक लगाइयोस् भन्ने उनको प्रस्ताव छ । साथै उनले हरित उर्जाको क्षेत्रमा  दुुई ट्रिलियनको लगानीको प्रस्ताव पनि राख्दैछन् । 

रोजगारी 


ट्रम्पले १० महिनामा १ करोड रोजगारीका अवसर सिर्जना गर्ने वाचा गरेका थिए । त्यस्तै, १० लाख नयाँ साना उद्योग पनि स्थापित गर्ने उनको भनाई थियो ।  उनी आयकरमा कटौती पनि गर्न चाहन्छन् र कम्पनीहरुलाई ट्याक्स क्रेडिट दिन चाहन्छन्, ताकि कम्पनीहरुलाई अमेरिकामा रोजगारी कटौती नगर्न प्रोत्साहित गर्न सकियोस् । 

अर्कोतर्फ जो बाइडेन उच्च आय भएका वर्गका लागि कर उठाउन चाहन्छन् । ताकि, त्यसलाई सार्वजनिक सेवाहरुमा लगानी गर्न सकियोस् । यद्यपि, उनका अनुसार वार्षिक ४ लाख डलरभन्दा बढी कमाउने व्यक्तिलाई मात्रै आयकर बढ्नेछ । राष्ट्रिय स्तरमा न्युनतम मजदुरीको मूल्य बढाएर १५ डलर प्रतिघण्टा बनाउने बाइडेनको चाहना छ, अहिले यो प्रतिघण्टा ७ दशमलव २५ डलर छ ।

स्वास्थ्य


राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बाराक ओबामको कार्यकालमा पारित भएको अफोर्डेबल केयर ऐन (एसिए) समाप्त गर्न चाहन्छन् । यस ऐनले निजी स्वास्थ बीमा प्रणालीमा संघीय सरकारको नियन्त्रण बढाएको थियो ।  त्यस्तै, पहिलेदेखि नै बिरामी भएका मानिसहरुलाई बीमा रकम नदिने कार्यलाई गैरकानूनी बनाइदिएको थियो । ट्रम्पकाअनुसार उनी यसमा सुधार ल्याएर यसलाई बदल्न चाहन्छन् । 

यद्यपि, उनको योजना के छ ? यसबारे अहिलेसम्म उनले कुनै पनि जानकारी बाहिर ल्याएका छैनन् । राष्ट्रपति ट्रम्पको लक्ष्य औषधीको मूल्यलाई कम गर्नु पनि हो । यसका लागि उनी बाहिरबाट सस्ता औषधीहरुलाई आयातको अनुमति दिन चाहन्छन् । 

तर, बाइडेनको लक्ष्य एसिएलाई बचाउनुमात्रै होइन, यसको बिस्तार पनि गर्नु हो । बाइडेनले मेडिकेयरका लागि आयुको सीमालाई ६५ बाट घटाएर ६० मा झार्न चाहेका छन् । मेडिकेयरअन्तर्गत जेष्ठ नागरिकलाई चिकित्सा सुविधा मिल्छ । सबै अमेरिकाहरुलाई मेडिकेयरअन्तर्गत जनस्वास्थको बीमामा पञ्जीकृत हुने विकल्प दिनुपर्छ भन्ने बाइडेन चाहन्छन् । 

सेना 

ट्रम्पले विदेशमा रहेका अमेरिकी सैनिकको संख्या कम गर्ने आफ्नो वाचा दोहोर्याएका छन् । त्यस्तै, सेनामा लगानी गरिने पनि उनले बताएका छन् । ट्रम्पका अनुसार उनी अन्तर्राष्ट्रिय गठबन्धनहरुलाई चुनौती दिने कार्य जारी राख्न र चीनमाथि व्यापार शुल्क पनि कायम राख्न चाहन्छन् । यद्यपि, जो बाइडेन सहयोगी देशहरुसँग सम्बन्ध सुधार गर्न चाहन्छन् । चीनमाथि एकतर्फी शुल्क नलगाउने बरु, अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर चीनलाई जवाफदेही बनाउने उनको योजना छ । 

नस्लवाद 


ट्रम्पकाअनुसार नस्लवाद अमेरिकी पुलिस फोर्समा व्यवस्थासँग जोडिएको सम्बन्ध होइन । उनी कानूनी व्यवस्थालाई लागू गर्ने ठूला पक्षधरको रुपमा देखिन चाहन्छन् । तर, प्रहरीका कडा कदमहरुको विरोध गरेका छन् र राम्रो कार्यप्रणालीका लागि अनुदान दिने बताएका छन् । 

अर्कातर्फ जो बाइडेनले नस्लवादलाई एक प्रणालीगत समस्याका रुपमा देखेका छन् । न्याय व्यवस्थामा नस्लवादी असमानतालाई टाढा गर्नका लागि उनले नीतिहरु निर्धारण गरेका छन् । जसअन्तर्गत कैदीहरुको संख्या कम गर्नेदेखि राज्यलाई प्रोत्साहन दिनेसम्मको कुरा छ । पुलिसलाई बजेट दिन नहुने मागलाई उनले खारेज गरेका छैनन् र एउटा उचित स्ट्यान्डर्डमा प्रहरीलाई कायम राख्नका लागि अतिरिक्त संशाधन दिनुपर्ने बताएका छन् ।  

बन्दूक 


ट्रम्पले अमेरिकी संविधानको दोस्रो संशोधनलाई आफ्नै दृष्टिले व्याख्या गरेका छन् । जसअन्तर्गत, अमेरिकीहरुलाई हतियार राख्ने अधिकार दिएर सुरक्षा दिइएको हो । ट्रम्पले २०१९ मा गोलाबारीका धेरै घटना घटेपछि बन्दूक किन्नेवाला व्यक्तिको पृष्ठभूमिको जाँच कडाईका साथ गर्नुपर्ने प्रस्ताव गरेका थिए, यद्यपि यस योजना त्यसपछि कहाँ पुुग्यो भन्ने थाहा छैन, न त कुनै कानून नै बनेको छ । 

जे बाइडेनले असल्ट राइफलमाथि प्रतिबन्ध लगाउन चाहेका छन् । समान रुपले बन्दूक किन्ने सबैको पृष्ठभूमिमाथि छानविन गर्ने, प्रति महिनामा प्रति व्यक्तिले बन्दूक किन्न पाउने संख्यालाई सिमित गर्ने र लापरवाह बन्दूक निर्माताहरु त्था बिक्रेताहरुविरुद्ध मुद्दा चलाउन सहज बनाउनेगरी अघि बढ्ने उनको प्रस्ताव छ ।  बन्दूकबाट हुने हिंसालाई रोक्नका लागि अनुसन्धान गर्ने बाइडेनको इच्छा छ र यसका लागि उनी लगानी गर्न तयार छन् । 

सर्वोच्च अदालत 

राष्ट्रपति ट्रम्पकाअनुसार आफ्नो विद्यमान कार्यकालका दौरान सर्वोच्च अदालतमा खाली पद भर्न पाउनुु उनको संवैधानिक अधिकार हो । यसका लागि उनले सर्वोच्चमा खाली पदमा एमी कोनी ब्यारेटको नाम अगाडि ल्याएका छन् । अमेरिकामा अर्बोशनलाई कानूनी अधिकार दिलाउनका लागि सर्वोच्च अदालतले चाडैं फैसला गर्नुपर्ने अवस्था छ, यसकारण यो पनि चुनावी मुद्दा बनेको छ किनकी ट्रम्प र न्यायाधीश ब्यारेट दुुबैले यस कानूनको विरोधमा आफ्नो मत राखिसकेका छन् । 

जो बाइडेनका अनुसार अदालतको खाली पद त्यस समय भर्नुपर्छ, जतिबेला नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल सम्हाल्नेछन् । बाइडेनका अनुसार यदि सर्वोच्च अदालतले अर्बोशनलाई कानूनी अधिकार दिलाउने ऐनविरुद्ध फैसला दियो भने पनि आफु राष्ट्रपति चुनिएपछि उनी महिलाहरुको अर्बोशनको अधिकार सुनिश्चित गर्नेगरी विधेयक पास गर्नका लागि काम गर्नेछन् ।  श्रोतः बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप