बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४१ वर्षकी भइन् नरगिस फाखरी, अझै देखिन्छिन् किशोरीजस्तै स्टाइलिस

बुधबार, ०५ कात्तिक २०७७, ११ : ५६
बुधबार, ०५ कात्तिक २०७७

बलिउड अभिनेत्री नरगिस फाखरी आफ्नो स्टाइलिश र फेसनेबल लुक्सका कारण चर्चामा रहन्छिन् । इन्टरनेटमा नरगिसको ग्ल्यामर्स लुक भाइरल भइरहन्छ । मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाएकी नरगिसको जन्म न्युर्योकमा भएको थियो ।

नरगिस ७ वर्षको छँदा नै उनका बाबुआमाले डिर्भोस गरेका थिए । नरगिसका बाबु मोहम्मद फाखरी पाकिस्तानी हुन् भने आमा मेरी चेक गणतन्त्रकी हुन् । ४१ औँ वसन्त पार गर्दासमेत नरगिसले आफुुलाई निकै फिट राखेकी छिन् । उत्कृष्ट डेसिङ सेन्स र फिटनेशमा उनी २० वर्षको जस्तै देखिन्छिन् ।

रेड आउटफिटमा उनी निकै सुन्दर देखिन्छिन् । यस आउटफिटमा उनले रातो रंगको टप लगाएकी छिन् ।  रातो टप र खुलेको कपालमा नरगिस फाखरी निकै सुन्दर देखिन्छिन् । रेड वानपिससँगै नरगिसले ब्ल्याक ज्याकेट क्यारी गरेकी छिन् । त्यस्तै, ओठमा डार्क रेड लिपिस्टिक लगाउँदा उनी निकै सुन्दर देखिन्छिन् । उनले रकस्टार फिल्ममार्फत आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । फिल्म प्रदर्शनमा आएपछि नरगिसको लुकलाई पनि निकै मन पराइएको थियो ।

नरगिस फाखरीले २००५ मा मोडलिङ सुरु गरेकी थिइन् । त्यसयता, नै उनी ग्ल्यामरस लुक्सका लागि चर्चित छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप