बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ किलो गाँजासहित दुई  पक्राउ

बुधबार, ०५ कात्तिक २०७७, ११ : ३२
बुधबार, ०५ कात्तिक २०७७

लागुऔषध गाँजासहित  सर्लाही जिल्लाको लालबन्दीबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका–१ बागवानी केन्द्रका प्रहरीले प्रदेश २–०–३००१ प ८०६३ नम्बरको मोटरसाइकललाई आज बिहान ४ः३० बजे जाँच गर्दा १५ किलो गाँजासहित हरिवन नगरपालिका २ डाबरी निवासी २० वर्षीय श्रवण महतो र १९ वर्षीय बद्री महतोलाई पक्राउ गरेको हो । 

डाबरीबाट जंगलको बाटो हुँदै बागवानी आएपछि उनीहरुलाई प्रहरीले जाँच गर्दा गाँजा फेला परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी प्रवक्ता  मदन कुँवरले जानकारी दिए । प्रहरीले उनीहरुका साथबाट दुई फिट लामो धारिलो हतियार तरबारसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच  बलरा नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  बलरा–४ स्थित  सार्वजनिक पोखरीमा डुबेर स्थानीयवासी जगु सहनीका नौ वर्षीय छोरा आदित्यकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मंगलबार साँझ पोखरीमा नुहाउने क्रममा सहनी पोखरीमा डुबेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप