शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘टिकटक स्टार’ प्रतियोगिता हुने

बुधबार, ०५ कात्तिक २०७७, १० : ३१
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल टिकटक निकै लोकप्रिय बन्दै गइरहेको छ । टिकटकको लोकप्रियतालाई ध्यान राखेर एच.पी ईन्टरटेन्मेटले ‘टिकटक स्टार’ अनलाईन प्रतिस्पर्धा आयोजना गर्ने भएको छ ।

घरमै बसिबसि देशको विभिन्न स्थानमा रहेका नवप्रतिभाले  अनलाइन मार्फत प्रतिस्पर्धा सहभागिता जनाउन सक्नेछन् । प्रतिभा भएका अवसरवाट बञ्चित प्रतिभालाई लक्षित गरेर ‘टिकटक स्टार’ आयोजना गरिएको आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनले कोरोना भाइरस (कोभिड १९)को डरका कारण अनलाईन माध्यमबाट कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रतियोगिताका विजेताले फिल्ममा काम गर्ने अवसरका साथै कार, स्कुटरलगायतका अन्य थुप्रै आर्कषक उपहारहरु प्राप्त गर्नेछन् । एच.पी ईन्टरटेन्मेटले केही अगाडि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ समेत आयोजना गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप