बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मेनुकाको ‘महानगर’ कोलकाता फिल्म फेस्टिभलमा प्रिमियर हुने

बुधबार, ०५ कात्तिक २०७७, १० : २८
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । पछिल्लो समय नेपाली फिल्मले पनि विदेशमा आयोजना हुने विभिन्न फेष्टिभलमा प्रथामिकता पाउन थालेका छन् ।

यस्तैमा अभिनेत्री मेनुका प्रधान अभिनित फिल्म ‘महानगर’ पनि भारतको कोलकतामा आयोजना हुने ‘२६ औं कोलकाता फिल्म फेस्टिभलमा’ वर्ल्ड प्रिमियर हुने भएको छ ।

मोहन राईको लेखक तथा निर्देशन रहेको फिल्म ‘महानगर’ ‘दि नेटवर्क फर दि प्रमोसन अफ एसियन सिनेमा’ (नेटप्याक) अवार्डका लागि प्रतिस्पर्धामा छानिएको हो ।

मेनुकाको अलवा कर्मा र जीवन बराललगायत कलाकारको फिल्ममा मुख्य अभिनय रहेको छ । नोभेम्बर ५ तारिखदेखि १२ तारिखसम्म हुने कोलकाता फेस्टिभल भर्चुअल्ली आयोजना हुँदैछ । जसमा सहभागी फिल्मलाई विभिन्न शीर्षकमा सम्मानसमेत गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप