केन्द्रीय संस्करण

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

person explore access_timeकात्तिक ५, २०७७ chat_bubble_outline0

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाका छन् । वैदेशिक रोजगारीका लागि भन्दै भारत पु-याइएका ती बालकलाई उद्धार गरेर मङ्गलबार अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए ।

उनका अनुसार रोजगारीका लागि लगिएका ती बालकलाई भारतको गाजियावादबाट उद्धार गरेर भारतीय प्रहरीले सुनौली नाका हुँदै नेपाल ल्याएर रुपन्देही प्रहरीलाई बुझाएको हो । उद्धार गरिएका बालक १४ देखि १८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई भारत लैजाने चार जना व्यक्तिलाई समेत पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.