बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तो रहनेछ आजको मौसम ?

बुधबार, ०५ कात्तिक २०७७, ०८ : २१
बुधबार, ०५ कात्तिक २०७७

अहिले उल्लेखनीय मौसमी प्रणाली छैन। हाल देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश न २ र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र वागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिमम  प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

शुक्रवार भने देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावाना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप