शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सशस्त्रले यो दसैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्ने

बुधबार, ०५ कात्तिक २०७७, ०८ : ०१
बुधबार, ०५ कात्तिक २०७७

काठमाडौं । सशस्त्र प्रहरी बलले यसपटक दसैँमा पिङ नहाल्ने भएको छ । अघिल्ला दसैँमा सशस्त्रले सार्वजनिक स्थानमा सर्वसाधारणका लागी पिङ बनाउने गरेको थियो ।

देशभरका सशस्त्रको युनिट  आसपास मानिस जमघट हुने स्थानमा पिङ हाल्ने कार्यक्रम यसपपटक स्थगन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डिआईजी) राजु अर्यालले रातोपाटीलाई बताए ।

डिआईजी अर्यालले भने–‘कोरोना संक्रमण जोखिमले गर्दा यसपाला पिङ नहाल्नु भनेका छौँ । दसैँमा पिङमा जमघट हुँदा कोरोना संक्रमणको जोखिम हुन्छ । सशस्त्रले अघिल्ला दसैँमा आफ्नै खर्चमा सर्वसाधारणका लागी पिङ हाल्ने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप