बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब
पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ ।
कोरोना सङ्क्रमणबाट जोगिँदै सर्वसाधारण दैनिक कामकाजमा फर्कन थाल्नु र चाडबाडको माहोलले गर्दा बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह र निक्षेप सङ्कलनमा ह्वात्तै सुधार आएको हो । छ महिनाअघिको बन्दाबन्दीपछि कर्जा प्रवाह ठप्प बनेका बैङ्कहरू पछिल्ला दिनमा कर्जा प्रवाह र निक्षेप सङ्कलनमा आएको वृद्धिले उत्साहित बन्दै छन् ।
बैङ्कहरूले असोजको २३ गतेसम्म २८ खर्ब ७२ अर्ब रुपियाँ ऋण प्रवाह गरेकामा ३० गते आइपुग्दा यो बढेर २९ खर्ब ४१ अर्ब रुपियाँमा पुगेको हो । यसैगरी असोज २३ सम्म २९ खर्ब ६४ अर्ब निक्षेप सङ्कलन गरेका २७ वाणिज्य बैङ्कले असोज ३० सम्म ३० खर्ब ३५ अर्ब रुपियाँ निक्षेप सङ्कलन गरेका छन् । एक सातामै निक्षेप सङ्कलन मात्र ७१ अर्बले बढेको हो ।
बैङ्क तथा वित्तीय संस्थाको कर्जा तान्ने होडबाजी, कर्जा तान्ने विभिन्न दशैँ योजना र अफरले आर्थिक क्रियाकलाप चलायमान हुन थालेको छ । दशैँले बजारमा बढाएको चहलपहलसँगै बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्न थालेको हो ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले कस्तो पाठ सिक्ने
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि