शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई पुरुषको मृत्यु

बुधबार, ०५ कात्तिक २०७७, ०७ : ३७
बुधबार, ०५ कात्तिक २०७७

बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहानै दुइई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्काे पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी डा. बिष्णु प्रसाद गौतमका अनुसार असोज २७ गते भर्ना भएको  मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।

त्यसस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी पनि प्रेसर रोगका बिरामी थिए । यो सगै कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप