बेलायतमा एक दिनमा जुनपछिकै धेरैको मृत्यु

लन्डन । बेलायतमा कोरोनाको संक्रमण र मृतक संख्या पछिल्लो समयमा निरन्तर बढ्दै गैरहेको छ । मंगलबार सार्वजनिक कोरोना संक्रमित मृतकको संख्या गत जुन पछिकै सबैभन्दा बढी हो । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ का अनुसार मंगलबार सार्वजनिक २४ घन्टाको मृतक संख्या २ सय ४१ जना रहेको छ
गत हप्ता मंगलबारको तुलनामा मृतक संख्या पाँच गुणा बढी हो भने यो संख्या जुनपछिको सबैभन्दा बढी हो । योसंगै बेलायतमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ९ सय ६७ पुगेको छ । यद्धपि कोरोना संक्रमणका कारण मृत्यु भएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ५८ हजार भन्दा बढी छ ।
यसैगरी मंगलबार साँझ सार्वजनिक पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या पनि २१ हजार ३ सय ३१ रहेको छ । लगभग २ लाख ६० हजार परीक्षण गर्दा २१ हजार भन्दा बढी संक्रमित फेला परेका हुन् ।हालसम्म बेलायतमा संक्रमितको संख्या ७ लाख ६२ हजार ५ सय ४२ पुगेको छ ।
हाल बेलायतका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३१ रहेको छ भने ६ सय २९ जनालाई भेन्टिलेटर बेडमा राखेर उपचार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणका कारण गएको २४ घन्टामा ८ सय ६० जना अस्पताल भर्ना भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म